logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सर्वोच्च अदालतमा फोन मार्फत् सुनुवाई गर्दै अमेरिका


  • एजेन्सी
  • मंगलबार, बैशाख २३ २०७७

कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाई शुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलोपटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक उपस्थिति विना फोन मार्फत् आवाज मात्रै पु¥याएर सुनुवाई गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण सुनुवाईको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनुपरेको हो । अदालतको सुनुवाई कक्षमा कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढी भएको अधिकारीहरूको भनाई छ ।

अदालतमा विषेश गरेर छ जना न्यायाधीश ६५ बर्ष वा सोभन्दा बढी उमेरका भएकाले सङ्क्रमणको खतरा बढी रहेको ठानिएको हो । फोनबाटै सुनुवाई गर्ने अभ्यासको शुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका क्रममा एउटा पक्षले बोल्दा अर्को पक्षले पनि सुन्न मिल्ने पनि बनाइएको अधिकारीहरुको भनाइ छ ।

सोमबार पहिलो पटक भएको सुनुवाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिन जस्तै सोमबार पनि विहान १० बजेदेखि नै शुरु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार