logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट श्रम मन्त्रीकाे मृ’त्युु


  • एजेन्सी
  • बुधबार, बैशाख २४ २०७७

कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको नि’धन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ ।

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार नि’धन भएको जनाएको छ ।

मन्त्री बेन ओमारको नि’धन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेेेका सन्देशहरु प्रशारण गरेको थियो ।

सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै ख’तरनाक र घा’तक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए ।

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको नि’धनबाट आफू अत्यन्त दु’खित भएको बताएका छन । नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृ’त्यु भएको छ ।

नाइजरमा हाल आ’पतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै ब’न्द गरिएका छन् । साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार