logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेनाबारे डब्लुएचओकाे यस्ताे चेतावनी


  • राजनीति
  • शुक्रबार, बैशाख २६ २०७७

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथामको उपाय सफल नभए यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

डब्लूएचओको एक अध्ययनमा कोरोना भाइरसको महामारीले अफ्रिकामा ठूलो नोक्सानी पु¥याउन सक्ने देखिएको हो । यो अनुमान डब्लूएचओको अफ्रिकाका ४७ मुलुकमा गरिएको विश्लेषणको आधारमा तयार पारिएको हो । अध्ययनका अनुसार, अल्जेरिया, दक्षिण अफ्रिका र म्यानरुनमा कोरोना भाइरस रोकथामको लागि ध्यान नदिएको खण्डमा त्यहाँ कोरोना भाइरसको महामारी फैलिने खतरा बढी देखिएको छ ।

डब्लूएचओले यसअघि नै अफ्रिकाको लागि आगामी दिन निकै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको थियो । अत्यधिक संख्यामा मानिसहरु अस्पतालमा भर्ना भइरहेको कारण अफ्रिकाको स्वास्थ्य सेवा एक चुनौती बन्न सक्ने बताइएको छ । अध्ययनमा अफ्रिकी मुलुकहरुलाई आफ्नो अस्पतालको क्षमता बढाउन सुझाव दिइएको छ ।

गत मार्चमा गरिएको एक अध्ययनका अनुसार, अफ्रिकामा औसतमा १० लाख मानिसका लागि केवल ९ आईसीयू वार्ड रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

स्रोत : बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार