logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

साम्राज्यवादी झुटाे प्रचारकाे सिकार बनेका किमले ‘सि’ लाई पठाए यस्तो सन्देश


  • राजनीति
  • शुक्रबार, बैशाख २६ २०७७

उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना महामारीसँग सफलतापूर्वक लडेको भन्दै चीनका राष्ट्रपति शी जिनपिङको तारिफ गरेका छन् । उत्तर कोरियाको सरकारी मिडियाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई निजी सन्देश पठाएको जानकारी दिएको छ ।

यसअघि दक्षिण कोरियाको गुप्तचर एजेन्सीले कोरोनाभाइरसको महामारीका कारण उत्तर कोरियाको अर्थव्यवस्थालाई नराम्ररी क्षती पुर्याएको बताएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी हो र आर्थिक साझेदारी पनि छ । उत्तर कारियाको ९० प्रतिशत व्यापार चीनसँग सम्बन्धित छ । विश्लेषकका अनुसार चीनमा कोरोनाभाइरसको प्रभाव कम भइरहेको छ । यस्तोमा उत्तर कोरिया चीनसँगको आफ्नो सीमा खोल्न सक्ने सम्भावना पनि छ । उत्तर कोरियाले कोरोना महामारीको सुरुवाती चरणमा नै चीनसँगको सीमा बन्द गरेको थियो ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किमले शी जिनपिङलाई पठाएको मेसेजमा उनले भयावह महामारीविरुद्धको युद्धमा जीत हासिल गरेकोमा बधाई दिएका छन् । यद्यपि, मेसेज कहिले पठाइएको थियो भन्ने स्पष्ट जानकारी भने छैन ।

स्रोतः deccanchronicle.com

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार