राजनीति
चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रद’र्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ । प्रहरीमाथि जा’इलाग्ने चार जनाविरु’द्ध मु’द्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घ’टनाप्रति जानकार रहेको जनाएको हो ।
चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन व’कालत गर्ने विज्ञप्तिमा उल्लेख छ। उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ।
उसले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थ’गन हुँदा घर जान हता’रिएको जनाएको छ । नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ। चीनले ३ सय ४० जनालाई लगिसकेको छ।
सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई सं’यम हुन भनेको छ । महा’मारीको यो क’ठिन घडीमा यस्ता घ’ट’नालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ।