logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

विश्वका १३ देश जहाँ काेराेना देखिएको छैन


  • एजेन्सी
  • शनिबार, बैशाख २७ २०७७

चीनको वुहानबाट महामारीको रुप लिएको कोरोना भाइरस अहिले विश्वका सबै महादेशमा फैलिएको छ।

विश्‍वका प्रायः सबै देशमा यो संक्रमण भइसकेको बताइन्छ। कतिपय राष्ट्रले आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको छ।

अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिस मर्ने राष्ट्रको सूचीमा पहिलो स्थानमा छ। अमेरिकामा हालसम्म साढे ७८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

युरोपका प्रायः सबै ठूला राष्ट्रमा पनि संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। युरोप अन्तर्गत बेलायतमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ। त्यसपछि इटाली र स्पेनमा ज्यान गुमाउनेको संख्या धेरै छ।

तर विश्‍वमा यस्ता पनि देश छन् जहाँ एक जनामा पनि कोरोना भाइरस संक्रमण नदेखिएको अर्थात् संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनको तथ्यांकमा ती देशमा कोरोना संक्रमण नभेटिएको हो।

अहिलेसम्म कोरोना भाइरस संक्रमण नभेटिएका देश

१. किरिबाटी

२. लेसोथो

३. मार्सल आइल्यान्ड

४. माइक्रोनेसिया

५. नाउरु

६. उत्तर कोरिया

७. पलाउ

८. समोआ

९. तुर्कमेनिस्तान

१०. टुभालु

११. भानुआटु

१२. टोंगा

१३. सोलोम आइल्यान्ड

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार