logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

‘सि’ काे किमलाई जवाफ, दिए यस्तो सन्देश


  • एजेन्सी
  • आइतबार, बैशाख २८ २०७७

चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई कोरोना महामारीका सम्बन्ध सहयोग गर्ने प्रस्ताव गरेका छन् । सर्वोच्च नेता किमले चीनलाई कोरोना संकटलाई जितेकोमा वधाई दिएलगत्तै चिनियाँ राष्ट्रपति सीले धन्यवाद व्यक्त गर्दैै उत्तरकोरियालाई आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन् ।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार उत्तरकोरियाली नेता किमले बधाई दिएलगत्तै चिनियाँ राष्ट्रपतिको तर्फबाट उक्त प्रस्ताव आएको हो । यद्यपि, उत्तरकोरियाले आफ्नो मुलुकमा कोभिड– १९ को संक्रमण नदेखिएको लगातार दाबी गर्दै आइरहेको छ ।

तर दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुका अनुसार उत्तरकोरियाको यो भनाईलाई विश्वास गरिहाल्ने आधार छैन, किनभने उत्तर कोरियाको घनिष्ठ छिमेकी मुलुक चीनमा महामारी फैलिँदा त्यो अछुतो रह्यो भन्नेमा आशंका छ । उत्तरकोरियामा संक्रमण फैलिने खतरा धेरै रहेको र यदि महामारी फैलिहाल्यो भने त्यसको सामना गर्न सक्षम नभएको दक्षिण कोरियाली गुप्तचरहरु दाबी गर्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार