राजनीति
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पककी व्यक्तिगत सहयोगीलाई पनि कोभिड-१९ को संक्रमण देखिएको छ ।
यससँगै ती महिला ह्वाइटहाउसमा कोभिड १९ संक्रमित हुने तेस्रो कर्मचारी हुन् । यसअघि मात्रै ह्वाइटहाउसस्थित राष्ट्रपति ट्रम्पकका सुरक्षाकर्मीलाई संक्रमण भएको थियो । यस्तै उपराष्ट्रपति माइक पेन्सका प्रेस सहयोगी केटी मिलरलाई पनि संक्रमण देखिएको थियो ।
शनिबार सार्वजनिक गरिएको समाचार अनुसार इभान्काको व्यक्तिगत क्षमताका लागि कार्यरत ती सहयोगी महिला हुन् । यसअघि शुक्रबार इभान्का र उनका पतिको पनि कोभिड १९ परीक्षण गरिएको थियो । तर उनीहरुको रिपोर्ट नेगेटिभ आयो ।