logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झ’डप, ६ जना घा’इते


  • एजेन्सी
  • सोमबार, बैशाख २९ २०७७

भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झ’डप भएको छ। ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झ’डप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

सो झडपमा दुवैतर्फका आधा दर्जन सैनिक घा’इते भएको बताइएको छ। उनीहरुलाई सामान्य चो’ट लागेको र अवस्था खतरामुक्त रहेकाे बताइएको छ। साे झडप कहिले भएको थियो भन्ने बारेमा केही खुलाइएको छैन।

नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झग’डा भएको थियो। अहिले स्थानीय स्तरमै छलफल गरी सो समस्याको हल गरिएको बताइए पनि यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

अति विकट हिमाली क्षेत्रका रुपमा रहेको यो क्षेत्र सडक सञ्जालले जोडिएको छैन। भारत र चीनको सीमा वि’वादलाई लिएर त्यहाँ यसप्रकारका घट’ना हुँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार