राजनीति
चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चे’तावनी दिएको छ ।
साथै अमेरिकालाई तत्कालै यो ‘ग’ल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको आगमनका लागि नयाँ शर्त लागु गरेको थियो । चीनले विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन मार्फत अमेरिकी नयाँ निर्णयको वि’रोध गरेको हो ।
आफूहरुले यस्तो निर्णय अस्विकार गर्ने चीनले जनाएको छ । यस्तो निर्णयलाई चीनले आफ्ना मिडियामाथि दबाबको रुपमा व्याख्या गरेको छ । ‘हामी यसको वि’रुद्ध कडा वि’रोध र अस’न्तुष्टि व्यक्त गर्छौँ, अमेरिकाले तुरुन्तै यो ग’ल्ती सच्याओस् भन्ने हामी चाहन्छौँ । अन्यथा चीनसँग जवाफी उपाय लिने भन्दा अन्य विकल्प छैन,” झाओले भनेका छन् ।
-एजेन्सी