logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट ३ लाख ३ हजार बढीकाे मृत्युु, कहाँ कति ? हेर्नुस्


  • राजनीति
  • शुक्रबार, जेष्ठ २ २०७७

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख १ हजार ५ सय ५८ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४४ लाख ९० हजार ९ सय ५८ पुगेको छ ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ८६ हजार ४० जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितहरुको कूल संख्या १४ लाख ४१ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १० हजार ७ सय ७ जना नयाँ संक्रमित देखिएका छन् भने ८ सय ४३ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार १ सय ५१ जना संक्रमित देखिएका छन् । त्यहाँ पछिल्ला चौबिस घण्टामा ३ हजार ४ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् भने ४ सय २८ जनाको मृत्यु भएको छ ।

उता, रसिया कूल संक्रमितहरुको संख्यामा संख्या २ लाख ५२ हजार २ सय ४५ रहेको छ भने मृतकको संख्या २ हजार ३ सय ५ रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९ सय ७४ जना नयाँ संक्रमित देखिए भने ९३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, स्पेन कूल संक्रमितहरुको संख्यामा अमेरिकाभन्दा दोश्रो स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या भने कूल २७ हजार ३ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७ सय ९३ जनाको मृत्यु भएको छ भने ६५ हजार ३ सय २ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म विश्वभर १६ लाख ९० हजार ६६९ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् ।

कुन देशमा कति

कुन देशमा कति ? (दस देशको आँकडा)

अमेरिका

संक्रमित: १४,१७,३५० मृत्यु: ८५,८८४ निको: २,४६,४१४

रुस

संक्रमित: २,५२,२४५ मृत्यु: २,३०५ निको: ५३,५३०

बेलायत

संक्रमित: २,३४,४४० मृत्यु: ३३,६९३ निको: १,०४३

स्पेन

संक्रमित: २,२९,५४० मृत्यु: २७,३२१ निको: १,४३,३७४

इटाली

संक्रमित: २,२३,०९६ मृत्यु: ३१,३६८ निको: १,१५,२८८

ब्राजिल

संक्रमित: २,०२,९१८ मृत्यु: १३,९९३ निको: ७९,४७९

फ्रान्स

संक्रमित: १,७८,९९४ मृत्यु: २७,४२८ निको: ५९,७१९

जर्मनी

संक्रमित: १,७४,४७८ मृत्यु: ७,८८४ निको: १,५०,३००

टर्की

संक्रमित: १,४४,७४९ मृत्यु: ४,००७ निको: १,०४,०३०

इरान

संक्रमित: १,१४,५३३ मृत्यु: ६,८५४ निको: ९०,५३९

(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार