logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट ५० लाख बढी संक्रमित, कुन देशमा कति ?


  • राजनीति
  • बिहिबार, जेष्ठ ८ २०७७

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५० लाख ५६१ पुगेको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा १५ लाख ५१ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, रुसमा तीन लाख आठ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ ।

त्यस्तै ब्राजिलमा संक्रमितको संख्या दुई लाख ९१ हजार नाघेका छन् । बेलायतमा अहिलेसम्म करिब साढे दुई लाख मानिस संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि तीन लाख २८ हजार १९१ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ९३ हजारभन्दा धेरै पुगेको छ ।

बेलायतमा ३५ हजारभन्दा धेरै मानिसको मृत्यु हुँदा इटालीमा पनि ३२ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना भाइरसबाट निको हुने संक्रमितको संख्या पनि करिब १९ लाख पुगेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार