logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ट्रम्पका नजिकका यि व्याक्तीमा काेराेना पुष्टि भएपछि औषधी खाँए


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)

ह्वाइट हाउसमा दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विनको सेवन गर्नु ‘उचित’ भएको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले मलेरिया र लूपसको औषधी प्रयोग गरिरहेको बताएका थिए । यद्यपि, सर्वाजनिक स्वास्थ्यकर्मीले यसको प्रयोग असुरक्षित हुनसक्ने बताउँदै चेतावनी दिएका छन् ।

मंगलबार क्याबिनेट बैठकमा उनले भने, ‘एक व्यक्ति जो मसँग निकै नजिक छन्, उनी निकै राम्रा व्यक्ति हुन्, उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।’

‘म माइक (पेन्स, उप–राष्ट्रपति) सँग धेरै काम गर्छु र उनीसँग निकै नजिक रहने व्यक्तिमा पनि पोजेटिभ देखिएको छ । मलाई लाग्छ कि मेरो हिसाबले यसको सेवन गर्नु यो खराब समय होइन ।’

साथै ट्रम्पले अमेरिकाबाट ब्राजिलको यात्रामा प्रतिबन्ध लगाउनेबारे कुराकानी भइरहेको पुष्टिसमेत गरे । संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा छ ।

उनले भने, ‘म चाहन्नँ कि मानिसहरु यहाँ आउन् र हाम्रा जनतालाई संक्रमित गरुन् ।’

‘म चाहन्नँ कि मानिसहरु बिरामी होउन् । हामी भेन्टिलेटर्समार्फत् ब्राजिलको मद्दत गरिरहेका छौं । ब्राजिललाई केही समस्या भइरहेकोछ, त्यसबारे कुनै प्रश्नै उठ्दैन, ’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार