logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

झन भयावह बन्दै अमेरिका मृत्युुदर दाेब्बर


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ । अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ । अमेरिकामा कोरोनाका कारण संसारभरी सर्वाधिक मृत्यु भएको छ भने संक्रमितको संख्या पनि कुनै देशभन्दा उच्च छ । यो आँकडा वर्ल्डोमिटर्सबाट लिइएको हो ।

अमेरिकाः यसरी बढ्दै गयो मृत्युदर

– २ मार्चसम्म यहाँ ६ जनाको मृत्यु भएको थियो

– २५ मार्चमा आँकडा १२ सय ६० पुग्यो

– २५ अप्रिलमा ५० हजार २ सय ३४ रह्यो

– २३ अप्रिल देखि २६ मे अर्थात् ३३ दिनमा यो दोब्बर भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार