logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

चिन भारत सिमा बिवादबारे ट्रम्पले भने सिमा मध्यस्थता गर्छु


  • राजनीति
  • बिहिबार, जेष्ठ १५ २०७७

WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादका विषयमा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ती दुई देशबीचको सीमा विवादका विषयमा मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले काश्मिरको मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएका थिए । उक्त प्रस्तावको भारतले तत्काल अस्वीकार गरेको थियो । भारतले त्यसलाई आफ्नो देशको आन्तारिक मामला भनेर टारिदिएको थियो । यो पटक राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको प्रस्ताव गरे पनि भारतले प्रतिक्रिया दिइसकेको छैन ।

उता, चीनले भने भारतीय सीमामा स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजयानले दुवै देशसँग यो समस्याको समाधान गर्ने संयन्त्र मजवुद रहेको बताएका छन् । मन्त्रालयका प्रवक्ताको यो प्रतिक्रिया लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सेनाबीच तनाव जारी रहेकै बेला बाहिर आएको हो ।

प्रवक्ता झाओले बेइजिङस्थित कार्यालयमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको शिखर बैठकको सन्दर्भ जोड्दै भने, ‘हामीले दुई देशका शीर्ष नेताहरुको बैठकपछि भएका महत्वपूर्ण सम्झौताहरुको कडाइका साथ पालना गरिरहेका छौ ।’

चिनियाँ र भारतीय सेनाबीच पछिल्लो एक महिनामा दुई देशको सीमानामा ३ पटक झडप भएको छ । लद्दाखमा पछिल्ला दिन पनि तनाव सृजना हुने संकेत देखा परिरहेको छ । चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएका खबरहरु समेत सार्वजनिक भैरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार