logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतको होस उडाउने गरी चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास (भिडियो सहित)


  • एजेन्सी
  • सोमबार, जेष्ठ २६ २०७७

भारतसँग पूर्वी लद्दाखमा जारी तनावका बीच चीनको सरकारी मिडिया भारतमाथि दबाब बढाएको छ । ग्लोबल टाइम्सले आइतबार चिनियाँ सैनिकहरुको यु’द्ध अभ्यासको भिडियो साझा गरेको छ । भिडियोमा चीनले सीमामा जुनै पनि समयमा सैनिक र हतियार एकीकृत गर्न सक्छ भन्ने देखाइएको छ ।

ग्लोबल टाइम्सको दाबी अनुसार चिनियाँ जनमुक्ति सेना (पीएलए) ले उत्तर–पश्चिमको उच्च क्षेत्रमा ठूलो संख्यामा यु’द्ध अभ्यास गरेको छ । यसमा हजारौँ प्याराट्रुपर्स र बख्तरबन्द गाडीले भाग लिएका छन् ।

ग्लोबल टाइम्सको रिपोर्टमा चीनले आवश्यकता परेमा आफ्नो सीमा सुरक्षालाई कति चाँडो मजबुत बनाउन सक्छ भन्ने देखाउने प्रयास गरिएको छ । शनिबार सीसीटीभीले पनि पीएलएको एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौँ किलोमिटर टाढा उत्तर पश्चिममा एक अज्ञात स्थानमा यु’द्ध अभ्यास गरेको बताएको छ ।

यता भारतीय रक्षा विश्लेषक नितिन गोख भन्छन्, ‘चीन एक धारणा बनाउने कोशिस गर्दैछ कि उसको सेना उच्च क्षेत्रमा पनि यु’द्धका लागि तयार छ ।’

यसअघि शनिबार पूर्वी लद्दाखमा देखिएको तनाव हल गर्न दुई देशका सैन्य अधिकारीहरुको बैठक बसेको थियो । आइतबार भारतको विदेश मन्त्रालयले बैठकबारे जानकारी दिँदै दुवै देश शान्तिपूर्ण तरिकाबाट वि’वाद समाधान गर्न तयार रहेको बताएका थिए ।

भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल रहेको छ । यसमा दुई देशबीच वि’वाद रहेको छ । सीमा वि’वादकै विषयमा भारत र चीनका सैनिकबीच मे महिनामा तीन पटक झ’डप भइसकेको छ ।

स्रोत : दैनिक भास्कर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार