logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

जम्मु र काश्मिरमा भिडन्त ९३ जना मा’रिए’


  • एजेन्सी
  • सोमबार, जेष्ठ २६ २०७७

भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आ’तंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका वि’रुद्धमा कडा का’रबाही जारी राखेको बताएको थियो । त्यस क्रममा ती आतंककारी मा’रिएका र त्यसमा आ|तंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको भारतीय सैनिक स्रोतले जानकारी दिएको हो ।

पछिल्लो दुई दिनमा मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको का’रबाहीमा नौ जना आ’तंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।

ती आ’तंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । –एएनआई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार