logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अभिनेता सुशान्तकाे रह’स्यमय ह’त्या ?


  • एजेन्सी
  • मंगलबार, असार २ २०७७

आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आ’त्महत्या गरेको नभई उनको ह’त्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आ’त्महत्या गरेको नभएर उनको ह’त्या गरिएको भन्दै अ’नुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झु’ण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो । तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्- ‘उनले आ’त्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ, उनको ह’त्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

बिहारका प्रहरी कमिसनर मनोज सिंहले भने घटनाको प्रकृति हेर्दा अहिलेसम्म आ’त्महत्या नै गरेको जस्तो देखिएको बताएका छन् । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आ’त्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ । –एएनआई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार