राजनीति
Chinese President Xi Jinping sits with Britain's Foreign Secretary Philip Hammond (not pictured) after arriving for a four-day state visit at London's Heathrow Airport, on October 19, 2015. Photo: Reuters
भारत र चीनको वि’वादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्या’न गएको छ ।
पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको सं’घर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृ’त्यु भएको छ ।
भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६ जूनको राती यहाँ दुई देशका सैनिकबीच झ’डप भएको थियो । झ’डप र गति’रोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक ग’म्भीर रुपमा घा’इते भएका थिए । शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा ग’म्भीर रुपमा घाइते यी १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृ’त्यु भएको छ । भारतीय सेना देशको अ’खण्डता र स’म्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’
यसअघि भारतीय सेनाले आफ्नो बयानमा एक सैन्य अधिकारी र दुई जवानको मृ’त्यु भएको बताएको थियो । बयानमा दुई देशका वरिष्ठ सैन्य अधिकारी तनाव कम गर्नका लागि छलफल गरिरहेको बताइएको थियो ।
यता, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पिपल्स लिबरेशन आर्मी (पिएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पिएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ । उक्त बयानमा चांगले भारतले निकै कडा रुपमा आफ्नो सैनिक रोक्नुपर्ने र वि’वाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।
चांगले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो बचन उ’ल्लंघन गरेको छ र एकपटक पुनः एलएसी पार गरेका छन् । जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे । जसका कारण दुबै पक्षमा आमने–सामने झ’डप भयो र यसैकारण हताहतको स्थिती बन्यो । भारत आफ्नो सैनिकलाई रोक्न क’डा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् वि’वाद सुल्झाओस् भन्ने माग गर्छु ।’
यसअघि भारत–चीन सीमामा सन् १९७५ मा अर्थात् ४५ वर्षअघि कुनै सैनिकको मृ’त्यु भएको थियो ।
स्रोतः बीबीसी