राजनीति
WASHINGTON, DC - JANUARY 08: U.S. President Donald Trump speaks from the White House on January 08, 2020 in Washington, DC. During his remarks, Trump addressed the Iranian missile attacks that took place last night in Iraq. (Photo by Win McNamee/Getty Images)
भारत र चीनबीचको तनाव चरम अवस्थामा छ तर अमेरिका र चीनको सम्बन्धमा जमेको बरफ पगाल्ने कोसिस जारी छ । चीनका शीर्ष कूटनितिज्ञ यांग जिची र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार सात घण्टासम्म हवाई छलफल भयो । यी दुई एक डिनरका लागि भेटेका थिए ।
विशेषज्ञका अनुसार उक्त बैठकपछि सबै कुरा ठिक नभएपनि भारी तनावको स्थिती हल्का हुनसक्छ र मध्यमार्गी बाटो निस्किएको हुनसक्छ । दुई देशबीचको यो बैठकले अमेरिका र चीन तनाव नबढोस् भन्ने चाहनामा भएको बुझिन्छ । चीनले यो भेटलाई रचनात्मक बताएको छ ।
उक्त भेटमा यांगले अमेरिकासँग हङ्गकङ, ताइवान र शिन्जियांगको मामिला आफ्नो आन्तरिक भएको बताउँदै कुनै दखल नदिन आग्रह गरेको बताइन्छ । पोम्पियोले भने कोभिड–१९ महामारीको विषयमा चीनलाई पारदर्शि सूचना साझा गर्न आग्रह गरेको पनि बताइन्छ ।
चिनियाँ सीमामा २० भारतीय सैनिकको मृत्युको विषयमा अमेरिकाको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन ।
स्रोतः बीबीसी