logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चिन विरुद्धको कुनै पनि गठबन्धनमा सहभागी नहुने रुसको घोषणा


  • एजेन्सी
  • आइतबार, साउन ११ २०७७

चीनविरुद्ध लक्षित कुनै गठबन्धनमा सहभागी नहुने रुसले स्पष्ट पारेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले शुक्रबार यस्तो बताएका हुन्।

बिहीबार अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चीनलाई काउन्टर दिन ‘नयाँ गठबन्धन’ बनाउन आह्वान गरेका थिए।

क्यालिफोर्नियास्थित रिचर्ड निक्सन प्रेसिडेन्सियल लाइब्रेरीमा बोल्दै पम्पिओ चीनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए।

‘चीन हाम्रो साझेदार हो,’ क्रेमलिनमा नियमित पत्रकार सम्मेलनमा पेस्कोवले भने, ‘रुस र चीनले विशेष साझेदारीको सम्बन्ध विकास गरेका छन्।’

सम्बन्ध विकास र आपसी हितका लागि मात्रै रुस कुनै पनि गठबन्धनमा सहभागी हुने पेस्कोवले बताए। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार