logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यदी चिन विरुद्ध पहिलो फायर गर्छ भने भारतले दोस्रो फायरको मौका नै पाउने छैनः चिनियाँ विज्ञ


  • एजेन्सी
  • आइतबार, असोज ११ २०७७

चीन र भारतबीच लद्धाखमा जारी त’नाव अझै साम्य हुन सकेको छैन । मस्कोमा दुबै देशका विदेशमन्त्रीबीच भएको पाँचबुदे सहमति कार्यन्वयन भएको देखिएको छैन । सैन्य अधिकारी स्तरमा ६ पटक भएको वार्तामा पनि कुने निष्कर्ष निस्किसकेको छैन ।

१९६२ को यु’द्ध पछि पहिलो पटक जुन १५ मा र’क्तपातपूर्ण झड’पमा २० जना भारतीय सेना मा’रिए पछि आ’क्रामक बनेको भारतीय अधिकारीहरुलाई उद्धत गर्दै केही दिन अघि भारतीय अखबार द हिन्दुले यदी चीनीया सेना अघि बढेमा भारतीय सेनाले गो’ली हा’न्ने चेता’वनी दिए पछि चीनीया विज्ञहरुले त्यस प्रति टिप्पणी गरेका छन् ।

लिउ झोगं यीले ग्लोबल टाईम्समा प्रकाशित एक टिप्पणीमा यदी जनमुक्ति सेना बि’रुद्ध भारतीय सेनाले फा’यर गर्ने साहस गरे दोस्रो फा’यर गर्ने कुनै मौका नपाउने दाबी गरेका छन् ।
उनले भारतलाई विकाससील ब्रोदर देशको रुपमा हेरेका कारण चीनले यु’द्ध नचाहेको भन्दै यदी भारतले उक्साहटपूर्ण गतिविधि जारी राखेमा र फा’यर खोलेमा त्यो भारतका लाघि घा’तक हुने बताएका छन ।

लिउले भारतले अमेरीकाले चीनमाथि रणनीतिक दबाब बनाईरहेका बेला बोडर वि’वाद उचालेको र अमेरीकी सहारामा चीनको प्र’तिरोध गर्ने नीति लिएको भन्दै अब भारत बि’रुद्ध चीनले आफ्ना नीतिहरुमा पुर्नमुल्याकंन गर्नु पर्ने र कडा बन्नु पर्ने समय आएको सुझाव पनि दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार