logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाकिस्तानी सेनाको आक्रमणमा भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु


  • एजेन्सी
  • शनिबार, कार्तिक २९ २०७७

पाकिस्तानी सेनाको आ’क्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृ’त्यु भएको छ ।

शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आ’क्रमणमा उनीहरुको मृ’त्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले यु’द्धविराम भंग गरेको आ’रोप भारतीय पक्षले लगाएको छ ।

बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आ’क्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृ’त्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृ’त्यु भएको छ । दैनिक भास्करका अनुसार अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घा’इते भएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृ’त्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्ष’ति भयो भन्ने विवरण आइसकेको छैन ।

File photo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार