logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आज भारत बन्द


  • एजेन्सी
  • मंगलबार, मंसिर २३ २०७७

भारतमा आन्दोलनरत किसान संगठनले आज मंगलबार भारत बन्दको आह्वान गरेको छ । सोमबार सो संगठनले सो कुराको जानकारी दिएको हो । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्न्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् ।

किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई तमाम विपक्षी दलहरुले समर्थन गरेका छन् । भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतका अनुसार बन्दको कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चक्काजामको कार्यक्रम समेत रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार