एक विवाहितले आफ्नो छिमेककी महिलासँग सम्बन्ध कायम गर्न आफ्नोबाट ती महिलाको घरसम्म सुरुङ बनाए । ती महिलाका पति काममा बाहिर गएको बेला ती पुरुषले उनीसम्ग सम्बन्ध कायम गर्ने गर्दथे ।
छिमेकी महिलासँगको सम्बन्ध कायम गर्न मेक्सिकोका एक पुरुषले आफ्नो घरको सुरुङ ती महिलाको घरसम्म खनेका थिए । अन्तर्राष्ट्रिय समाचार डेली मेलका अनुसार मेक्सिको तिजुआना क्षेत्रमा बसोबास गर्ने ती प्रेमी अल्बर्टोले आफ्नो छिमेकमा रहेकी पामेलाको घरसम्म जाने एक गुप्त सुरुङ तयार गरेका थिए ।
उनीहरुका बीचको सम्बन्धको पामेलाका पति जर्ज आफ्नो कामबाट चाँडै नै घर फर्किए पछि उनीहरुलाई रंगेहात पक्रिएका थिए । पति जर्जले अल्बर्टोलाई पछाडि लुकेको देखे तर एकै छिनमा अलप भए । पति जर्ज चकित भए । पति जर्जले अल्बर्टोलाई आफ्नो बेडरुपमा धेरै खोजी गरे तर भेटेनन् ।
अल्बर्टो गायब भएकोमा चकित हुँदै जर्जले आफ्नाको घरको चौतर्फी खोजी गरे । खोज्दै जाँदा उनले आफ्नो बेडरुम नजिकै एक सुरुङ फेला पारे । जर्ज सुरुङ भित्र छिरेर अगाडि बढ्दै जाँदा अल्बर्टोको घरमा निस्किए । मिडियाका अनुसार उक्त सुरुङ कति समय पहिले बनाइएको हो भन्ने पत्ता भने लाग्न सकेको छैन । उक्त घटना प्रहरीसम्म पुगेको थियो ।