logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चिनले पाकिस्तानलाई दियाे काेभिड विरुद्धको पहिलाे खाेप


  • राजनीति
  • मंगलबार, माघ २० २०७७

चीनले पाकिस्तानलाई कोभिड–१९ को पाँच लाख खोपको पहिलो खेप प्रदान गरेको छ । पाकिस्तानमा यो हप्ताको अन्त्यदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुनेछ । भ्याक्सिन सबैभन्दा पहिला स्वास्थ्यकर्मीलाई लगाइनेछ ।

चीन सरकारको स्वामित्व रहेको सिनोपार्म कम्पनीको यो भ्याक्सिन सेनाको विमानबाट ल्याइएको हो ।

कमजोर स्वास्थ्य प्रणाली र २० करोड जनसंख्या भएको पाकिस्तानमा कोभिड–१९ का कारण लगभग १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यद्यपि, पाकिस्तानमा महामारीको असर सोचेभन्दा कम नै देखिएको छ ।
पाकिस्तानी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय स्तरमा चलाइँदै गरेको कोभ्याक्स योजनाअन्तर्गत उनीहरुले एस्ट्राजेनेकाका १ करोड ७० लाख डोज पनि पाउने वाला छन् । कोभ्याक्सन योजना अन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा गरिब देशलाई भ्याक्सिन वितरण गरिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार