logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चिनियाँ र भारतिय सेनाबिच झडप २० सैनिककाे मृत्यु


  • राजनीति
  • शनिबार, फाल्गुन ८ २०७७

चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ ।

गत वर्ष जुनमा ती दुई देशका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले झडपलगत्तै आफ्नो क्षतिबारे केही नबताए पनि केही दिनअघि मात्र आफ्ना ४ सैनिक मारिएको स्वीकार गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा भारत र चीनका सैनिकबीच चर्को रुपमा आरोप प्रत्यारोप गरेको दृष्य समेत देख्न सकिन्छ । भिडियोमा दुबै पक्षका सैनिक अधिकारीहरुले पनि कुराकानी गरिरहेको देखिन्छ ।

सार्वजनिक भिडियोमा चीनले भारततर्फ औल्याउँदै भनिएको छः ‘विदेशी सेनाले अप्रिल देखिनै पुरानो सम्झौतको उल्लंघन गर्दै आइरहेको थियो ।

उनीहरुले पुल र सडक बनाउन भन्दै सीमा पार गरेका थिए ।’ भिडियोमा भनिएको छः ‘ विदेशी सेनाले यथास्थितिमा परितर्वन गर्न एक पक्षीय प्रयास गरेपछि सीमामा तनाव बढ्न गयो ।’

चिनियाँ पक्षले भनेको छः ‘सम्झौताको सम्मान गर्दै हामीले स्थितिलाई वार्ताबाट समाधान गर्ने प्रयास गरेका छौं ।’
भिडियोमा दुबै देशका सैनिकहरु बीच अँध्यारो रातको समयमा झडप भएको देखिन्छ र चिनियाँ सेनाहरु घाइते सिपाहीहरुलाई उद्दार गरिरहेका देखिन्छन् र मृत्यु भएका सेनालाई चिनियाँ सेनाले अभिवादन गरिरहेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार