logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पुटिनकाे चेतावनी : विश्व सबैभन्दा खतरनाक अवस्थाबाट गुज्रिरहेकाे छ !


  • राजनीति
  • शुक्रबार, कार्तिक ११ २०७९

युक्रेन आक्रमणको रक्षा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए ।

‘वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि परमाणु आक्रमणको प्रतिकार गर्ने अभ्यास समावेश थियो।

आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले भने, ‘रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे हामीले कहिल्यै अगाडि बढेर केही भनेको छैन । हामीले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएका छौँ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार