राजनीति
भारतको उत्तराखण्डको गंगोत्री राष्ट्रिय राजमार्गमा आइतबार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
उत्तरकाशी जिल्ला प्रकोप व्यवस्थापन समितिका एक अधिकारीका अनुसार गंगोत्री राष्ट्रिय राजमार्गको गंगनी नजिकै ३५ यात्रु बोकेको बस खाडलमा खस्दा सात जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा सात जनाको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले जिल्ला प्रशासनलाई राहत र उद्धार कार्य गर्न र घाइतेको उपचारको उचित व्यवस्था मिलाउन निर्देशन दिएको बताएका छन् ।