logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ट्रम्पलाई गोली हान्ने युवक रिपब्लिकन पार्टीकै सदस्य


  • राजनीति
  • सोमबार, असार ३२ २०८१

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रुक्स ट्रम्पकै राजनीतिक दल रिपब्लिकन पार्टीको सदस्य भएको खुलेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय मतदाता सूची हेर्दा आक्रमणकारी युवक रिपब्लिकन पार्टीको सदस्य रहेको खुलासा भएको हो।

पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा उनी स्थानीय नर्सिङ होमको किचनमा काम गर्थे।

शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो। गोली उनको दाहिने कान छेडेर गएको थियो। ट्रम्पको कान र अनुहारमा रगत बगेको थियो। यद्यपि उनी सुरक्षित छन्।

सुरक्षा निकायले आक्रमणकारीलाई घटनास्थलमै गोली हानेर मारेको थियो। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

अनुसन्धान एजेन्सीहरूले डीएनए र फेसियल रिकग्निसन टेक्नोलोजीमार्फत आक्रमणकारी युवकको पहिचान गरेका हुन्।

अनुसन्धानकर्ताहरूले आक्रमणकारी युवकले एआर-१५ सेमी-अटोमेटिक राइफलबाट गोली चलाएका थिए।

राइफल आक्रमणकारीको बुबाको थियो। यो ६ महिनाअघि मात्र खरिद गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार