राजनीति
काठमाडौं । भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौंस्थित भारतीय दूतावास अगाडी प्रदर्शन गरिएको छ ।
शुक्रबार मानव अधिकार तथा शान्ति समाजले लैनचौरस्थित भारतीय दूतावास अगाडी दुई देशबीच जारी युद्ध रोक्न माग गर्दै प्रदर्शन गरेको हो । समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
अप्रिल २२ गते भारतको पहलगाम क्षेत्रमा आतंककारी आक्रमणमा परी एक नेपालीसहित २६ जना मारिएका थिए । त्यसको बदला स्वरुप भारतले मंगलबारदेखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेर पाकिस्तानी भूमिमा हवाई आक्रमण गरीरहेको छ ।
भारतको हवाई आक्रमणपछि जवाफी रुपमा गएराती देखि पाकिस्तानी सेनाले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको छ ।