logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

इरानलाई बिनासर्त आत्मसमर्पण गर्न ट्रम्पको धम्की, खामेनीले दिए यस्तो प्रतिक्रिया


  • राजनीति
  • बुधबार, असार ४ २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनासर्त आत्मसमर्पण गर्न धम्की दिएपछि इरानको सर्वाेच्च नेता आयातुल्लाह अली खामेनीले त्यसको प्रतिक्रिया दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न भनेका हुन्। ‘निःशर्त आत्मसमर्पण,’ इरान-इसराइलबीच छैटौं दिन पनि मिसाइल र ड्रोन हानहान जारी रहँदा ट्रम्पले लेखेका छन्।

ट्रम्पले अमेरिकाको धैर्यता कम हुँदै गएको पनि धम्की दिए। उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको ठेगाना थाहा भएको तर अहिलेलाई उनलाई मार्ने कुनै योजना नरहेको पनि उनले बताए।

‘उनी लुकेको ठाउँ थाहा छ तर कम्तिमा अहिले मार्दैनौं। तर हाम्रो धैर्यताको बाँध टुट्दै गइरहेको छ,’ ट्रम्पले लेखेका छन्। त्यसको तीन मिनेटमा उनले ‘विनाशर्त आत्मसमर्पण’ भनेर लेखेका छन्।

त्यसपछि खामेनीले एक्समा आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘हामीलाई आतंकवादी जियोनिस्ट शासनलाई कडा जवाी दिनु आवश्यक छ । हामी जियोनिष्टमाथि कुनै दया देखाउने छैनौं ।’

गत शुक्रबार १३ जुनमा इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच तनाब झन बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार