logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतको उत्तराखण्डमा भीषण बाढीले धराली गाउँ नै बगायो


  • राजनीति
  • मंगलबार, साउन २१ २०८२

काठमाडौं । उत्तरी भारतको उत्तराखण्डस्थित धराली गाउँमा मंगलबार आएको बाढीले गाउँनै बगाएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता भएका छन्।

स्थानीय प्रसारक एनडीटीभीले प्रसारण गरेको फुटेजमा उत्तरकाशी जिल्लाको पहाडको किनारबाट बाढीको पानी बग्दै पहाडको फेदमा रहेको धराली गाउँको एउटा बस्तीमा ठोक्किएको थियो ।

सार्वजनिक भिडियोमा बाढीका कारण घरहरू भत्किएको, सडक ध्वस्त भएको र मानिसहरु भाग्दै गरेको र केही बाढीमा पुरिएको देख्न सकिन्छ । भिडियोमा बाढीले धेरै घरहरू र वनस्पति बगाएको देखाइएको छ।

उत्तराखण्ड प्रहरीले उत्तरकाशीको हर्षिल क्षेत्रमा बढ्दो पानीको स्तरले गम्भीर खतरा निम्त्याएको बताएको छ र सामाजिक सञ्जाल मार्फत बासिन्दाहरूलाई नदीहरूबाट टाढा रहन आग्रह गरेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बादल फुटेर अचानक बाढी आएको थियो, जसले गर्दा धराली गाउँमा ठूलो भग्नावशेष खसेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार