राजनीति
काठमाडौं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वाेच्च नागरिकको सम्मान दिने भएको छ । ट्रम्पलाई उक्त सम्मान प्रदान गर्ने बारे इजरायली राष्ट्रपति इसाक हर्जाेगकको कार्यालयले जानकारी दिएको छ ।
आज इजरायल पुगेका ट्रम्प अहिले इजरायली संसदमा गएका छन् । उनलाई इजरायली संसदका सभामुख अमिर ओहानाले स्वागत गरेका छन् । ट्रम्पले केही बेरपछि इजरायली सांसदहरुलाई सम्बोधन गर्नेछन् ।
हमासले आज बिहान पहिलो चरणमा सात र दोस्रो चरणमा १३ गरी २० जना बन्धकलाई रेडक्रसको जिम्मा लगाइसकेको छ । जसमध्ये ७ जना इजरायली सीमाभि प्रवेश गरिसकेका छन् । भने अन्यलाई इजलायल लगिँदै गरेको जनाइएको छ ।