logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

ट्रम्पको भेनेजुएला प्रकरण गैर कानूनी र मूर्खतापूर्ण : पूर्वउपराष्ट्रपति ह्यारिस


  • राजनीति
  • आइतबार, पुष २० २०८२

काठमाडौं । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई कब्जा गरेर अमेरिका पुर्याउने राष्ट्रपति डोनाल्ड ट्रम्को कदमको विरोध गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रियाँ दिँदै ह्यारिसले भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा किफायती नबनाउने बताएकी छिन् । ट्रम्पले भेनेजुएला र मादुरो दम्पतीमाथि गरेको कार्य गैर कानूनी र मूर्खतापूर्ण रहेको तथ्यलाई परिवर्तन नगर्ने उनको भनाई रहेको छ ।

ह्यारिसले जसको प्राथमिकता कानूनको शासन लागू गर्ने, गठबन्धन सुदृढ पार्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा चैँ अमेरिकी जनतालाई प्राथमिकता दिने छ सोही नेतृत्वको अमेरिकालाई आवश्यक भएको बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार