logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

निकोलस मादुरोलाई न्युर्याेक अदालत लगिदै (तस्बीरहरु)


  • राजनीति
  • सोमबार, पुष २१ २०८२

काठमाडौं । अमेरिकी अपहरणमा परेका भेनेजुएलाका राष्ट्रपति निकालेस मादुरोलाई अमेरिकाले न्युर्याेक अदालतमा उपस्थित गराउन लागेको छ । 

अमेरिकाले अस्ती भेनेजुएलामा नै सेना पठाएर मादुरो र उनकी पत्नीलाई राष्ट्रपति निवासबाटै अपहरण गरि अमेरिका पुर्याएको हो । अमेरिकाले मादुरोलाई न्युर्योक अदालतमा लागूऔषध र हात हतियार तस्करीको अरोप लगाउने तयारी गरेका छ । 

सोही आरोप लागि आज न्युर्याेक अदालतमा उपस्थितिको लागि उनलाई लगिएको हो । सार्वजनिक भिडियो र तस्बीरहरुमा मादुरो र उनकी पत्नीको हातमा हत्कडी लगाईको छ । 

 खैरो रंगको ज्याकेट र ट्राउजर लगाएका मादुरोलाई सशस्त्र अधिकारीहरूले घेरेर गाडीमा चढाएका थिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार