राजनीति
काठमाडौं । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्व प्रधानमन्त्री हान डुक सूलाई राजद्रोह (विद्रोह) को अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ।
यो सजाय सन् २०२४ डिसेम्बरमा तत्कालीन राष्ट्रपति यून सुक योलद्धारा घोषित ‘मार्सल ल’ सैनिक शासनमा उनको भूमिकाका लागि दिइएको हो। केन्द्रीय जिल्ला अदालतले ७६ वर्षीय हानलाई घोषणामा सहायता गरेको र संविधान विरोधी कार्यहरूलाई सहज बनाएकोमा दोषी ठहर गरेको छ।
न्यायाधीशका अनुसार हामीले एक वैध मन्त्रिपरिषद् आयोजना गर्न असफल भई मार्सल ल लागू गर्नका लागि केवल बाह्य औपचारिकता मात्र पूरा गरेर आफ्नो संवैधानिक कर्तव्यको उपेक्षा गरेका थिए ।
डिसेम्बर २०२४ को मार्सल ल संकटलाई कानूनी रूपमा राजद्रोहको संज्ञा दिएको छ । हानलाई यो विद्रोहमा योजनाकारहरूलाई सहयोग गरेको र झुटा बयान दिएको ठहर गरिएको छ।
यस्तो फैसला लगत्तै हानलाई अदालत परिषद्बाट हिरासतमा लगिएको छ। दक्षिण कोरियाको संवैधानिक इतिहासमा अदालतको फैसला लगत्तै पूर्व प्रधानमन्त्रीलाई हिरासतमा पठाइएको यो पहिलोपटक हो।
पूर्व राष्ट्रपति यून सुक यौललाई गत हप्ता मात्र न्यायमा अवरोध पुर्याएको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको भएतापनि उनी अझै पनि राजद्रोह र अन्य गम्भीर आरोपहरूमा छुट्टाछुट्टै मुद्दाहरूको सामना गरिरहेका छन्।