राजनीति
काठमाडौं । इजरायली हवाई आक्रमणमा परी शनिबार गाजापट्टीमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ ।
हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको जनाएको छ । नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरु बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो ।
प्यालेस्टिनीहरुले यस महिनाको सुरुमा भएको युद्ध विरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिएका छन् । इजरायली सेनाले हमासद्धारा गरिएको युद्धविराम सम्झौताको उल्लंघनको प्रतिक्रियामा शुक्रबार धेरै आक्रमणहरु गरिएको पुष्टि गरेको छ ।
इजरायल र हमास दुवैले एक अर्काविरुद्ध युद्ध विराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् । इजरायल र हमासबीचको द्धन्द्ध २०२३ अक्टोबर ७ बाट सुरु भएको थियो । हमासको स्वास्थ विभागका अनुसार हालसम्म गाजामा इजरायली सैन्य आक्रमणमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।
हमासको स्वास्थ विभागले पनि २०२५ अक्टोबर १० मा युद्ध विराम लागू भएदेखि कम्तिमा ५०९ प्यालेस्टिनीहरु मारिएको बताइएको छ । जसमा ४ इजरायली सैनिकको पनि मृत्यु भएको छ ।