राजनीति
एजेन्सी । पाकिस्तानको संघीय राजधानी इस्लामाबाद आत्मघाती बम हमलामा परी ३१ जनाको मृत्यु भएको छ ।
शुक्रबारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको बम हमलामा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने करिब १७० जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
इस्लामाबाद इरफान नवाज मेमनका अनुसार इस्लामाबादको शहजाद टाउन क्षेत्रमा अवस्थित शिया मस्जिदमा विस्फोट भएको भएको हो । विस्फोट पछि विभिन्न अस्पतालमा कैयौ व्यक्तिहरुलाई मृत अवस्थामा पुर्याइएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
स्थानीय प्रशासनले उक्त सहरका तीन अस्पतालमा आपतकालीन अवस्था घोषणा गरेको छ भने घटनास्थललाई चारैतिरबाट घरेको छ भने घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार एक आत्मघाती हमलाकारीले मस्जिदको प्रवेशद्वारमा रोकिएपछि आफैलाई विस्फोट गराएको मानिसहरुको ज्यान जानुको साथै नजिकैका केही भवनहरुमा समेत क्षती पुगेको थियो । घटनापछि इलामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कुनै पनि व्यक्ति वा समूहले हालसम्म आक्रमणको जिम्मेवारी लिएको छैन । पाकिस्तानमा पाकिस्तानी तालिबान र इस्लामिक स्टेट जस्ता समूहहरु प्रायः देशमा नागरिक र सुरक्षा बलहरू विरुद्ध आक्रमणमा संलग्न हुन्छन्।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले विस्फोटको निन्दा गर्दै विस्फोटमा परी निर्दोष व्यक्तिको ज्यान गएकोमा गहिरो दुःख र शोक व्यक्त गर्नुको साथै शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन् ।