logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेपाली जनतालाई बधाई दिँदै मोदीले भने : नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं


  • राजनीति
  • शनिबार, फाल्गुन २३ २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्वक र सफलापूर्वक रुपमा सम्पन्न गरेकोमा नेपाली जनता र सरकारलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस जारी गर्दै निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा खुसी व्यक्त गरेका हुन्।

नेपाली दिदीबहिनी र दाजुभाईहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुसी लागेको बताउँदै मोदीले यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक कोसेढुङ्गा भएको बताएका छन्।

साथै नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उनको भनाइ रहेको छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

निर्वाचन सफल र शान्तिपूर्ण सम्पन्न भएकोमा नेपाल सरकार र जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु । मेरा नेपाली दिदी बहिनी दाजुभाइले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रुपमा प्रयोग गरेको देख्दा मन लाग्छ ।

यो ऐतिहासिक कोशेढुङ्गा नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण हो।

आत्मिय मित्र र छिमेकीको रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाईमा पुग्न आफ्नो प्रतिबद्धतामा अटल रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार