logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इरान युद्धमा परेर २ सय अमेरिकी सैनिक घाइते


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरे यता २ सय जना अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिन्सले सोमबार यसबारे जानकारी दिएका हुन् । उनका अनुसार घाइते मध्ये १० जना गम्भीर रहेको र बाँकी १८० भन्दा बढी जना उपचारपछि जिम्मेवारीमा फर्किएका छन् ।

घाइते सैनिकहरु बहराइन, इराक, इजरालयल, जोर्डन, कुबेत, साउदी अरेबिया, यूएईको घटनामा परेका हुन् ।

इरानसँग युद्ध सुरु भएयता १३ जना अमेरिकी सैनिकहरुको मृत्यु भएको छ । पश्चिमी इराकमा अमेरिकी सैन्य रिफ्युलिङ विमान दुर्घटना हुँदा गत हप्ता चालकदलका सदस्य सहित ६ जनाको मृत्यु भएको थियो ।

अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि त्यसको जवाफ स्वरुप इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र अमेरिकी लगानी भएका स्थानहरुलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ । भने इजरायलमा पनि आक्रमण जारी राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार