logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेतान्याहुले पत्रकार सम्मेलन गरेर दिए आफू जिवीत रहेको प्रमाण


  • राजनीति
  • शुक्रबार, चैत्र ६ २०८२

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफु जिउँदै रहेको प्रमाणित गर्न पत्रकार सम्मेलन गरेका छन् ।

नेतान्याहुले बिहिवार राती पत्रकार सम्मेलन गरेर आफू जिउँदै रहेको प्रमाण विश्व समुदायलाई दिएका हुन् । पत्रकार सम्मेलनको सुरुवातमै उनले भने, “म सबैलाई भन्न चाहन्छु की म जिउँदै छु र तपाई सबै यसको साक्षी हुनुहुन्छ । यसका साथै म सबै फेक न्युजको खण्डन गर्छु ।”

सामाजिक सञ्जालमा नेतान्याहुको मृत्युको खबर भाइरल भएपछि उनी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक भएका हुन् । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरिरहेका छन् भने त्यसको जवाफ स्वरुप इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गरिरहेको छ ।

युद्ध चर्किरहेको समयमा १३ मार्चमा नेतान्याहुको एक्स अकाउन्टमा एउटा भिडियो पोष्ट गरिएको थियो । जसमा उनी इरानको आक्रमणबारे जानकारी दिइरहेका थिए । सामाजिक सञ्जालका धेरै प्रयोग कर्ताले उक्त भिडियोलाई एआई जेनेरेटेड भनेका थिए ।

उनीहरुले नेतान्याहुको मृत्युु भैसकेको दाबी समेत गरेका थिए । पछि इजरायली प्रधानमन्त्रीको कार्यालयले नेतान्याहुको मृत्युको खबर झुटो भएको बताएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार