राजनीति
काठमाडौं । इरानले डियागो गार्सियामा नै क्षेप्यास्त्र प्रहार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले शनिबार डियागो गार्सियामा दुई वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।
हिन्द महासागरस्थित रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने डियागो गार्सियामा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिका र उसका साझेदार राष्ट्रहरू उच्च सतर्कतामा पुगेका छन्। शनिबार भएको उक्त घटनाले मध्यपूर्व बाहिरसम्म फैलिएको सैन्य तनावको नयाँ आयाम प्रस्तुत गरेको छ।
इरानले डियागो गार्सियामा हमला गर्नेछ भनेर अमेरिकाले साहेदै कल्पना गरेको थियो । किनभने इरानसँग ४ हजार किलोमीटर टाढाको यति लामो दुरिमा क्षेप्यास्त्र हान्न सक्ला भन्ने कसैले कल्पना गरेको थिएन ।
इरानबाट करिब ४ हजार किलोमिटर टाढा रहेको यस टापुमा दुईवटा मिसाइल प्रहार हुनु स्वयंमा चकित पार्ने विषय बनेको छ। यति लामो दूरीमा सटीक आक्रमण गर्न सक्ने क्षमता इरानसँग रहेकोबारे यसअघि धेरैले अनुमान नगरेको अन्तर्राष्ट्रिय रक्षा विश्लेषकहरू बताउँछन्।
उक्त टापुमा अमेरिका र बेलायतको संयुक्त सैन्य अड्डा रहेको छ, जुन कानुनी रूपमा बेलायतको स्वामित्वमा पर्छ। अमेरीकाले अफगानस्तान, इराक, लिबिया, सिरिया लगायतका देशमा यहीबाट हमला गरेको थियो ।
सुरक्षाका दृष्टिले अत्यन्तै सुरक्षित (अभेद्य) मानिएको डियागो गार्सियामा नै हमला हुनु अमेरिकाका लागि गम्भीर चुनौतीको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यस घटनाले केवल अमेरिका–इजरायल–इरानबीचको तनाव मात्र होइन, विश्वव्यापी शक्ति सन्तुलनमै असर पार्न सक्ने संकेत दिएको छ।
यदि यस्ता आक्रमणहरू दोहोरिँदै गए भने अवस्था खुला युद्धतर्फ उन्मुख हुन सक्ने खतरा देखिएको छ। विशेषगरी इजरायल पनि यस समीकरणमा सक्रिय रूपमा जोर्डिएकाले क्षेत्रीय द्वन्द्व बहुराष्ट्रिय युद्धमा परिणत हुने जोखिम उच्च रहेको जानकारहरू बताउँछन्।
युद्ध चर्किएमा अन्तर्राष्ट्रिय व्यापार, तेल आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने सम्भावना छ। नेपालजस्ता देशहरूमा समेत पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आपूर्ति संकट र वैदेशिक रोजगारीमा असर पर्ने जोखिम बढ्ने देखिन्छ।
हालसम्म अमेरिकाले घटनाबारे औपचारिक विस्तृत प्रतिक्रिया नदिए पनि सैन्य तयारी बढाइएको संकेतहरू देखिन थालेका छन्। यसले विश्वलाई पुनः एक ठूलो द्वन्द्वको संघारमा पुर्याउने चिन्ता बढाएको छ।