logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इरानले इजरायलमा भीषण आक्रमण गरेपछि नेतान्याहुले भने : आजको रात निकै कठिन


  • राजनीति
  • आइतबार, चैत्र ८ २०८२

काठमाडौं । इरानले इजरायलमा गत राती सबैभन्दा शक्तिशाली आक्रमण गरेको छ ।

इजरायलको दक्षिणी सहर अरदमा इरानले गरेको क्षेप्यास्त्र हमलामा ठूलो क्षती पुगेको इजरायली आपतकालीन सेवाले जनाएको छ । इरानी आक्रमणमा परेर ८८ जना घाइते भएको इजरायलको मागेन डेभिन एडोम नामको आपतकालिन सेवाले जनाएको छ ।

सेवाका अनुसार घाइते मध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम र ५५ जनाको अवस्था सामान्य रहेको छ । इरानको यो भीषण आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अदरका मेयरसँग टेलिफोनमार्फत् कुराकानी गरेका छन् । उनले यो समयलाई अन्यन्तै कठिन साँझ भएको बताएका छन् ।

“हाम्रो भविष्यका लागि चलिरहेको यो अभियानमा आजको साँझ निकै कठिन भयो । मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयसँग मिलेर आवश्यक सहायता उपलब्ध गराउन निर्देशन दिएको छु । म यस समयमा घटनास्थलमा काम गरिरहेका आपतकालिन र उद्धारकर्मीहरुको मनोबल बढाउँछु । सबैलाई होम फ्रन्ट कमान्डको पालना गर्न निर्देशन दिन्छु,” नेतान्याहुले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

नेतान्याहुले सबै मोर्चामा दुश्मनमाथि हमला जारी राख्न समेत निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार