logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रुपमा बन्द गरिदिने इरानको चेतावनी


  • राजनीति
  • सोमबार, चैत्र ९ २०८२

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएको छ ।

अमेरिका–इजरायल–इरानबीच जारी युद्धका बीच ट्रम्पले २४ घण्टाभित्र ‘स्ट्रेट अफ हर्मुज’ नखोलिए इरानका पावर प्लान्टहरु ध्वस्त पार्ने धम्की दिएका थिए । ट्रम्पको उक्त धम्कीपछि इरानी सेनाले आइतबार ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रुपमा बन्द गरिदिने चेतावनी दिएको छ ।

“यदि इरानको पावल प्लान्टहरुको बारेमा संयुक्त राज्य अमेरिकाले धम्की दियो भने ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रुपमा बन्द हुनेछ । हाम्रो नष्ट भएका विद्युत उत्पादन प्लान्टहरु पुननिर्माण नभएसम्म यो खोलिने छैन्,” सेनाको अप्रेशन कमान्ड खातम अल–अन्बियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इरानी सेनाले इजरायलको पावर प्लान्ट, उर्जा, सूचना र सञ्चार प्रविधि पूर्वाधार साथै क्षेत्रीय देशहरुमा रहेका अमेरिकी लगानीका पावर प्लान्ट र अमेरिकी सेयरधनीहरु भएका कम्पनीहरुमा पनि आक्रमण गर्ने चेतावनी दिएको छ ।

आफ्नो देश र आफ्नो राष्ट्रको हितको रक्षाको लागि अन्य उपायहरु अपनाइने इरानी सेनाको भनाई रहेको छ ।

युद्धको सुरुवातीदेखि नै विश्वको २० प्रतिशत कच्चा तेल र तरलिकृत २० प्रतिशत ग्यास जाने यस जलमार्गबाट हुने यातायात लगभग ठप्प भएको छ । इरानी सेनाले धेरै जहाजहरुमा आक्रमण गरेको छ र जहाजहरुले जलमार्ग पार नगर्ने चेतावनी पालना गर्न असम्भव भएको बताएका छन् ।

यो सँगै यो युद्ध मध्यपूर्वमा फैलिएको छ । इरानले यस क्षेत्रमा इजरायल र अमेरिकी चासोमाथि ड्रोन र मिसाइल आक्रमण गरेर जवाफ दिइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार