logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एयर क्यानडाको विमान दुर्घटना : २ पाइलटको मृत्यु


  • राजनीति
  • सोमबार, चैत्र ९ २०८२

एजेन्सी । अमेरिकाको न्युर्याेकस्थित ला गार्डिया विमानस्थलमा अवतरको क्रममा रहेको एयर क्यानडाको विमान धावानमार्गमा गुडिरहेको दमकलसँग ठोक्किाँदा दुई जना पाइलटको मृत्यु भएको छ ।

क्यानडाको मोट्रियलबाट ७२ यात्रु र चालकदलका सदस्य लिएर आएको एयर क्यानडाको सीआरजे ९०० मोडलको विमान आइतबार राती करिब ११ः४० बजे धावनमार्गमा दमकलसँग ठोक्किँएको थियो । विमान अवतरण गरेर २४ घण्टा प्रतिमाइलको गतिमा गुडिरहेको बेला आपतकालीन घटनाका लागि जाँदै गरेको पोर्ट अथोरिटीको दमकलसँग ठोक्किँएको थियो ।

विमानमा सवार ४१ जनालाई उपचारका लागि अस्पताल लगिएको थियो, जसमध्ये ३२ जना उपचारपछि घर फर्किसकेका छन् भने केहीको अवस्था अझै गम्भीर रहेको छ । दमकलमा सवार दुई अधिकारीको अवस्था भने स्थिर रहेको जनाइएको छ ।

दुर्घटनापछि अमेरिकाको व्यस्त विमानस्थलमध्येको एक ला गार्डिया विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार