राजनीति
काठमाडौं । अमेरिका र इजरायलले दुई साताका लागि युद्धविराम गर्ने सहमति गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण सभ्याता ध्वस्त गर्ने चेतावनी दिएको समयसिमा सकिन केही बेर अघि युद्धविरामको सहमति भएको भएको हो । इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
युद्धमा सहभागी भएको इजरायलले पनि युद्धविराम सहमति पालना गर्ने बताइएको छ । वार्तामा मध्यस्थताको भूमिका खेलेको पाकिस्तानमार्फत् अमेरिका सामु युद्धविरामको १० बुँदे योजना पेश गरेको इरानले पुष्टि गरेको बताइएको छ ।