logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इरानी वार्ता टोली र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता


  • राजनीति
  • शनिबार, चैत्र २८ २०८२

काठमाडौं । इरान विरुद्ध अमेरिका–इजरायली सैन्य आक्रमणको ४० दिन पछि भएको अन्तरिम युद्धविरामको क्रममा पाकिस्तानी मध्यस्थतामा अमेरिकासँग वार्ता गर्न इस्लामाबाद पुगेका इरानी वार्ताकारहरूले शनिबार पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफसँग भेटवार्ता गरेका छन्।

इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफ र विदेशमन्त्री अब्बास अराक्ची सहितको इरानी प्रतिनिधिमण्डलले शरीफसँग भेटवार्ता गरेका हुन् ।

अजा पहिला इरानी प्रतिनिधिमण्डलले अमेरिकी अडान र मागहरु पूरा गर्ने बारे मुल्यांकन गर्ने र त्यसपछि अमेरिकासँग वार्ताको बारेमा निर्णय लिने बताइएको ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा विशेष सल्लाहकार जेरेड कुशनर र विशेष दूत स्टीव विटकफसँगै इस्लामाबाद आइपुगेका छन्।

२८ फेब्रुअरीमा इरानका सर्वाेच्च नेता आयातोल्लाह सईद अली खामेनी र धेरै सैन्य कमाण्डरहरूको हत्यापछि, अमेरिका र इजरायलले इरान विरुद्ध व्यापक सैन्य आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले मध्य पूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायलमा जवाफी आक्रमण गरेको थियो ।

दुवै पक्षबाट निरन्तर आक्रमण जारी राखिएपछि तनाव थप चुलिँदै गएको थियो भने इरानले होर्मुज जलडमरु पूर्ण रुपमा बन्द गरिदिएपछि विश्वमा तेलको मुल्य आँकासीएको थियो । इरानलाई सहजै घुडा टेकाउने सोचेका ट्रम्पको सपना इरानले चकनाचुर बनाएपछि अवस्था थप टजिल बन्दै गएको थियो ।

आफ्ना शर्तहरु नमाने इरानमा भिषण हमाला गर्ने धम्कीको बाबजुद पाकिस्तानी मध्यस्थकर्ताको पहलमा अप्रिल ८ मा दुई हप्ताको लागि युद्धविराम भएको थियो । सोही युद्धविरामपछि आज इस्लामाबादमा इरानी र अमेरिकी अधिकारीहरुबीच भौतिक रुपमा वार्ता सुरु हुन लागेको हो ।

इरानले वार्ताको लागि दश–बुँदे योजना प्रस्तुत गरेको छ, जसमा अमेरिकी सेना फिर्ता, प्रतिबन्धहरू हटाउने र रणनीतिक स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रणको माग समावेश छ। इरानी सरकारले अमेरिकाप्रति अविश्वासको अडान कायम राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार