logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इस्लामाबादमा भएको इरान–अमेरिकाबीचको शान्ति वार्ता असफल


  • राजनीति
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको इरान र अमेरिकाबीचको ऐतिहासिक शान्तिवार्ता असफल भएको छ ।

इस्लामाबादस्थित पाँच तारे होटेल सेरेनामा झण्डै २१ घण्टा चलेको सघन र तनावपूर्ण छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कुनै सहमति हुन नसकेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् । उनले अब अमेरिकी टोली इस्लामाबादबाट फर्किनका लागेको बताए ।

वार्तामा अमेरिकाले धरै लचकता देखाए पनि इरानी पक्ष आफ्ना शर्तहरुमा सहमत हुन नसकेको भान्सको दाबी छ । उनले भने, “हामीले इरानसँग धेरै महत्वपूर्ण छलफल गर्यौं । हामी निकै लचिलो र सहयोगी बनेका थियौं, तर इरानी पक्षहरु हाम्रा शर्तहरु स्वीकार गर्न तयार देखिएन् ।”

उता इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बार्घेईले सामाजिक सञ्जालमार्फत् गहन वार्ता भएको जानकारी दिएका छन् । तर वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र इमानदारितामा भर पर्ने उनको भनाई रहेको छ । इरानले अमेरिकालाई अत्याधिक मागहरु र गैर कानूनी अवरोधहरुबाट पछि हट्न र इरानको वैध अधिकार र हितलाई स्वीकार गर्न अग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार