logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इरानले यी ५ देशसँग माग्यो क्षतिपूर्ति


  • राजनीति
  • मंगलबार, बैशाख १ २०८३

काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरु साउदी अरेबिया, यूएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिपूर्तिको माग गरेको छ ।

संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाएका छन् । उक्त पत्रमा पाँच देशहरुले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेका र अब उनीहरुले इरानलाई भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

इरानी राजदूत अमिर सईद इरवानीले लेखेको पत्र समाचार एजेन्सी इर्नाले प्रकाशित गरेको बीबीसी फारसीले उल्लेख गरेको छ ।

“यी पाँच देशहरुले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेका छन् र इरानप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेका छैनन् । त्यसैले, अब उनीहरुको अन्तर्राष्ट्रिय जिम्मेवारी स्थापित भएको छ । उनीहरुले इरानलाई भौतिक र मानसिक सहित सबै क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्छ,” उक्त पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार